काँग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त हुँदै


काठमाडौँ, ६ असोज । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई शेरबहादुर परराष्ट्र मन्त्रीमा नियुक्त हुने भएका छन् । मङ्गलवार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले यस्तो सहमति जुटे पछि खड्कालाई परराष्ट्र मन्त्रीमा खड्काको नियुक्त पक्का भएको हो ।गठबन्धनको सरकार बनेको यतिका समय बितिसक्दा पनि सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकिरहेको थिएन ।

अढाइ महिना अघि प्रधानमन्त्री बनेका देउवाको मन्त्री मण्डलमा काङ्ग्रेसबाट ४ र माओवादीबाट २ ६ सदस्सीय बन्ने भएको छ । न्यूयोर्कमा सार्क राष्ट्रका विदेश मन्त्रीको भेला हुँदैछ । त्यसका लागि परराष्ट्र मन्त्री आवश्यक पर्ने हुँनाले परराष्ट्रमन्त्री नियुक्तिका लागि वर्तमान सरकारलाई दबाब परेको थियो । सत्ता साझेदार दल सहमत भए पनि देउवाले विश्वास पात्रका रूपमा चिनिने खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।  

खड्कालाई आजै पद तथा गोपनियतामन्त्रीको सपथ खुवाउने तयारी भइरहेको बताइएको छ । शपथ पश्चात खड्का आजै महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्