तालिबान सरकारका अघि पाकिस्तानका सर्त


काठमाडौँ, ६ असोज । तालिबान सरकारका अघि पाकिस्तानले केही सर्त अघि सारेको छ । बेलायती समाचार संस्था बिबिसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही सर्त तेर्स्याएका हुन् ।

अफगानिस्तानमा लैङ्गिक, जातीय एवं धार्मिक समावेशिता अङ्गीकार गर्नुपर्ने खानको सर्त रहेको छ । यसैगरी उनले महिलाहरूलाई पुरुषसँगै सहशिक्षाबाट अलग गर्न नहुने बताएका छन् । आधुनिक परिबेसमा महिलाहरूलाई शिक्षाबाट वञ्चित गरिनु इस्लामिक विरुद्ध भएको उनको प्रतिक्रिया रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले तालिबानलाई मानवअधिकारको संरक्षण गर्न र देशका सुधारका प्रयासहरू थाल्न पनि आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्