नेपाली काँग्रेस बेलबारी ११ को वडा सभापतिमा विक्रम राई निर्वाचित


बेलबारी, ७ असोज । नेपाली काँग्रेस बेलबारी वडा नं. ११ को वडा सभापतिमा विक्रम राई निर्वाचित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत राई अत्यधिक मतका साथ सभापतिमा विजयी भएका हुन ।  


राईको निकटतम प्रतिद्वन्द्वी यसअघिको कार्यकालका वडा सभापति लोकबहादुर बस्नेत थिए । राई उपसभापति थिए । अघिल्लो कार्यकालको आफ्नै सभापतिलाई हराउँदै राईले ८४ मत प्राप्त गरे भने विजयी भएका छन् । बस्नेतले ६० मत मात्र प्राप्त गरेका छन्।  


उपाध्यक्षमा अर्जुन कार्की र विवश राई, सचिवमा नवराज खडका सूर्य अधिकारी विजयी भए छन् । सहसचिवमा सञ्जय लिम्बु निर्वाचित भएका छन् । 


क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ बलबहादुर मगर, सुधीर बान्तवा, केदारमणी पौडेल, ज्ञानुराज राई र नूतन लिम्बु लगायत निर्वाचित भएका छन् । महिलातर्फ कल्पना बिमली निर्वाचित भइन ।

प्रतिक्रिया दिनुहोस्