नेपाली काँग्रेस बेलबारी १ को वडा सभापतिमा श्रेष्ठ विजयी


बेलबारी, ७ असोज । नेपाली काँग्रेसको बेलबारी १ को वडा सभापतिमा सभापतिमा कोषराज श्रेष्ठ ९बाबुराम०  निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बेलबारी १ मा बुधवार भएको निर्वाचनमा श्रेष्ठले बलबहादुर सुब्बालाई हराउँदै विजयी भएका हुन । 


श्रेष्ठले १ सय ११ मतका प्राप्त गरेका थिए भने उनका  निकटतम प्रतिद्वन्द्वी सुब्बाले  १०२ मत प्राप्त गरे। क्षेत्रीय प्रतिनिधिमा राजकुमार लिम्बु १३८ मत ल्याउँदै सर्वाधिक मतका साथ निर्वाचित भएका छन्। कुल मतदाता २ सय २९ मा २ सय १४ मत खसेको थियो ।

यसै गरी क्षेत्रीय प्रतिनिधि खुल्लातर्फ लालबहादुर गुरुङ १३०, नगेन्द्र जमरकट्टेल १२१ बाबुराम खडका ११८ केदार अधिकारी ११५ दिनेश गिरी ११५ मतका साथ विजयी भए ।  


महिला खुल्लातर्फ  कुन्ती गुरुङ, जानुका अधिकारी, विष्णुमाया दाहाल, आदिवासी जनजातिमा मणि मगर, गणेश लिम्बु, दलितमा हरिबहादुर विश्वकर्मा, खस आर्यमा भोजराज बस्नेत निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्