काँग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन


काठमाडौँ, ७ असोज । काँग्रेसको १४ औँ महाधिवेशनको नयाँ तालिका अनुसार दसैँ अगाडि पालिका स्तरको अधिवेशन मात्र सम्पन्न हुने भएको छ । बुधवार सिंहदरबारमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन निर्धारित मिति मै हुने बताएका छन् । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘पालिका स्तरको अधिवेशन निर्धारित मितिमै हुने र ९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुङ्ग्याउने विषय छ । त्यसलाई टुङ्ग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।’ 

प्रतिक्रिया दिनुहोस्