नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ


काठमाडौँ, ७ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्धन गर्न पाकिस्तानले नेपालसँग सधैँ मिलेर काम गर्न चाहेको बताएका छन् ।

बुधवार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपासँगको सम्बन्ध राम्रो बनाउन चाहेको बताए । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।

भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्