भगिराज इङ्नामले पाए यस वर्षको मदन पुरस्कार


काठमाडौं, ८ असोज । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई प्रदान गरिएको छ । उनको लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रहलाई मदन पुरस्कार प्रदान गरिएको हो । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको छ । 

त्यस्तै यस वर्षको जगदम्बा श्री नृत्य क्षेत्रमा सक्रिय भैरवबहादुर थापालाई प्रदान गरिएको छ । यी दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ ।गुठीका अध्यक्ष कुन्द दीक्षितले मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त दुई सय २२ पुस्तकमध्येबाट गुठीले नौ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको बताएका छन् । 

नौ वटा कृतिहरूमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह (सम्वत् १७१९–२०२०) रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्