यथास्थितिमा एमसीसी अनुमोदन गर्नु हुँदैन एकीकृत समाजवादीको निर्णय


काठमाडौं, ८ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित गर्नु नहुने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहिवार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले उक्त निर्णय गरेको हो । 

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एकीकृत समाजवादी पार्टीले एमसीसी यथास्थितिमा पारित गर्नु नहुने निर्णय गरेको बताए । 

उनले भने ‘एमसीसी राष्ट्रिय हित अनुकूल नदेखिएकोले त्यसलाई आजकै अवस्थामा अघि बढ्न सकिँदैन ।’

नेकपा एकीकृत समाजवादीको बैठकले विभिन्न ६ वटा समसामयिक प्रस्ताव पारित गरेको पनि प्रचार विभाग खतिवडाले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्