माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु


मोरङ, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित त्रिजुगा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बुधरबासाँझ एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा बूढीगङ्गा–६ का २६ वर्षीय कामलिस माझी रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले विद्युत प्रवाह गरेर खोलामा माछा मारिरहेको अवस्थामा करेन्ट लागेर बूढीगङ्गा–६ का २६ वर्षीय कामलिस माझीको मृत्यु भएको बताएका छन् । 

करेन्ट लागेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगर लगिएको  तर उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको छ । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्