बेलबारीमा भवन निर्माण गर्न भारतबाट ल्याइएका मजदुर मृत भेटिए


बेलबारी, ८ असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर बिहीबार बिहान ओछ्यानमै मृत भेटिएका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले ३५ वर्षीय भारतीय नागरिक रामानन्द विश्वास मृत भेटिएको बताए । मृत फेला परेका विश्वास साथीहरूसँगै खाना खाएर सुतेका थिए । उनी ओछ्यानमै मृत्यु अवस्थामा भेटिएका थिए । 

उनको मृत्युको कारण भने खुल्न सकिरहेको छैन । शव पोस्टमार्टमका शव पठाएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्