चुम उपत्यकाको खाद्यान्न समस्याको समाधान हुने गृहमन्त्री खाँणको भनाइ


गोरखा, ८ असोज । गृहमन्त्री बालकृष्ण खाँणले चुम उपत्यकाको बाटो खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित सिप्चेतको पुनर्निर्मित मानखाङ गुम्बाको उद्घाटन गर्न पुगेका गृहमन्त्री खाँडले चाँडो बाटो खुल्ने बताएका हुन् ।

त्यहाँ पुगेका गृहमन्त्रीसमक्ष स्थानीयले बाटो अवरुद्ध भोग्नुहुँदा खाद्यान्नको अभाव भएको समस्या सुनाएका थिए । चुम्चेतस्थित लोक्पामा भदौ १ गते खसेको पहिरोले बाटो अवरोध हुँदा त्यहाँका जनताले खाध्य सङ्कट ल्याउने देखिएको छ । स्थानीयले भने हवाइ मार्गबाटै धुवानी गरेर भए पनि खाध्य सङ्कट टार्नुपर्ने सरकारसमक्ष माग गरेका छन् । 

त्यस्तै स्थानीयले सरकारसँग गाउँमै प्रहरी चौकी स्थापना तथा एनटिसी टावर तत्काल सुचारु गर्न पनि माग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्