बेलबारी युवा संघ नेपालको घोषण सभा हुँदै : रामकुमारी झाँक्री आउने


बेलबारी, ८ असोज । बेलबारीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ रामकुमारी झाँक्री आउने भएकी छिन । युवा संघ नेपाल, बेलबारी नगर कमिटीको घोषण सभामा रामकुमारी झाँक्री आउने भएकी हुन । 

युवा संघ नेपाल, बेलबारी नगर कमिटीका अध्यक्ष हेमन्त गुरुङले जनाएका छन् । शुक्रवार कार्यक्रमको तयारीमा भएको युवा भेलासमेत सम्पन्न भएको छ । भव्य मोटरसाइकल र्‍यालीको साथ बेलबारीमा झाँक्रीलाई युवाहरूले स्वागत गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

युवा भेलामा शुभकामना प्रदान गर्न नेकपा एसका प्रदेश सदस्य चन्द्र बहादुर गुरुङ, जिल्ला कमिटी सदस्य बद्री अर्याल, युवा संघ नेपालका केन्द्रीय सदस्य चरण गुरुङ, बेलबारी नगर कमिटीका संयोजक भूपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बेलबारीका स्व. हर्क बहादुर गुरुङको सम्झनामा अध्यक्ष हेमन्त गुरुङले बेलबारीका ३ वटा क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

हेमन्त स्व. हर्क बहादुर गुरुङका छोरा हुन । हेमन्तका अनुसार गुम्बा फुटबल क्लब, बेलबारी १, बुधबारे फुटबल क्लब, बेलबारी ४ र तेलकुडी फुटबल क्लब, बेलबारी ५ गरी ३ क्लबलाई ३५ हजार बराबरको फुटबल, जर्सी, किपर पन्जा लगायतका खेल सामाग्री हस्तान्तरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्