अदालतभित्रै चल्दा ग्याङ्गस्टरसहित तीनको मृत्यु जवाफी कारबाही हमलाकार मारिए


नयाँदिल्ली, ९ असोज । दिल्लीको एउटा अदालतभित्रै गोली चल्दा ग्याङ्गस्टरसहित तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अस्पतालको कोर्ट नम्बर एक परिसरमा शुक्रवार ग्याङ्गफाइट हुँदा एक जना ग्याङस्टारिहित तीन जनाको मृत्यु भएको छ ।

हमलाकर्ताले गोली चलाउँदा ग्याङ्गस्टर जितेन्द्र गोगीको मृत्यु भएको हो ।हमलामा परेर एक महिला वकिलसहित तीन जना घाइते भएको भारतीय समाचारहरूले जनाएका छन् । पेसीका लागि अदालत आएका गोगीलाई अदालत पुग्नसाथ गोली प्रहार भएको थियो । 

राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा अदालत छिरेका र उनीहरूले गोली चलाएको भारतीय मिडियाले बताएका छन् ।             वकिलको भेसमा आएका हमलाकर्ताले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहकै अगाडि गोगीमाथि गोली चलाएका थिए । तर प्रहरीको जवाफी कारबाहीमा दुवै जना मारिएका छन् ।                                                

प्रतिक्रिया दिनुहोस्