स्व. हर्कको सम्झनामा खेल सामाग्री हस्तान्तरण


बेलबारी, ९ असोज । बेलबारीका स्व. हर्क बहादुर गुरुङको सम्झनामा युवा संघ नेपाल, बेलबारी नगर कमिटीको एक कार्यक्रममा खेल सामाग्री हस्तान्तरण गरिएको छ । युवा संघ नेपाल, बेलबारी नगर कमिटीका अध्यक्ष हेमन्त गुरुङले बेलबारीका ३ वटा क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन ।

हेमन्त स्व. हर्क बहादुर गुरुङका छोरा हुन । बेलबारी २ स्थित गुरुङ बौद्ध गुम्बा मा आज हुन गइरहेको घोषण सभाको तयारीको युवा भेला कार्यक्रममा शुक्रबारे खेल सामाग्री हस्तान्तरण गरेका छन् । हेमन्तका अनुसार गुम्बा फुटबल क्लब, बेलबारी १, बुधबारे फुटबल क्लब, बेलबारी ४ र तेलकुडी फुटबल क्लब, बेलबारी ५ गरी ३ क्लबलाई ३५ हजार बराबरको फुटबल, जर्सी, किपर पन्जा लगायतका खेल सामाग्री हस्तान्तरण भएको हो ।

कार्यक्रममा नेकपा एसका प्रदेश सदस्य चन्द्र बहादुर गुरुङ, जिल्ला कमिटी सदस्य बद्री अर्याल, युवा संघ नेपालका केन्द्रीय सदस्य चरण गुरुङ, बेलबारी नगर कमिटीका संयोजक भूपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्