वर्ष १९ की गोमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित


लेटाङ, ९ असोज । गोमा विश्वकर्मा नेपाली काङ्ग्रेसको लेटाङ नगरपालिकाकी कान्छी क्षेत्रीय प्रतिनिधि भएकी छिन । मोरङको लेटाङ नगरपालिका वडा न. १ बाट नेपाली काङ्ग्रेसको १४ महाधिवेशनका लागि १९ बर्षिया गोमा विश्वकर्मा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन । 

गोमा मोरङको मात्र नभएर निर्वाचित कान्छी क्षेत्रीय प्रतिनिधि रहेको समेत दाबी भइरहेको छ । उनी दलित कोटाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन । अन्य सदस्यहरू क्षेत्रीय प्रतिनिधि जान इच्छुक भए पनि उनको राजनीतिक सक्रियताका कारण सबैले उनीलाई नै सर्वसम्मत निर्वाचित गराएको वडा समितिले जानकारी दिएको छ । 

गोमाका अनुसार उनी विद्यालय स्तर देखी नै राजनीतिमा सक्रिय थिइन । युवा पुस्तामा राजनीतिक नेतृत्व हस्तान्तरण हुने पर्ने गोमा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्