वाई सी यल नेपाल बेलबारी नगर सम्मेलन सम्पन्न : संयोजकमा सुदीप राई चयन


बेलबारी, ९ असोज । मोरङको बेलबारीमा नेकपा माओवादीका भातृसंगठन योङ कम्युनिस्ट लिग (वाई सी यल) नेपालको नगर सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनले सुदीप राईको नेतृत्वमा ३६ सदस्सीय नयाँ कार्य समितिको चयन भएको छ । 

बेलबारीमा सम्पन्न सम्मेलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह इन्चार्ज अजमबर काँङमाङले सम्बोधन गरेका थिए । नेता काँङमाङले सम्मेलनलाई सम्बोधन गर्दै युवा शक्ति उद्यमी नभएसम्म देशले कोल्टे फेर्न नसक्ने बताए । उनले युवाको उद्यमशीलतामा जोड दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दीपक भट्टराई, वाई सी यल नेपालका केन्द्रीय सदस्य खगेन्द्र पराजुली लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्