गाउँपालिकाको भवन उद्घाटन गर्न डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला


डोल्पा, १० असोज । भवन उद्घाटनका लागि हेलिकोप्टर चढेर डोल्पा पुगेका कर्णालीका मुख्यमन्त्रीलाई स्थानीयले ४० किलोको मालाले स्वागत गरेका छन् । शनिवार डोल्पामा रहेको जगदुल्ला गाउँपालिकाको प्रशासकीय उद्घाटन गर्न पुगेका कर्णालीका मुख्यमन्त्री शाहीलाई स्थानीयले ४० किलो तौल बराबरको मालाले स्वागत गरेका हुन् ।

यसरी ४० किलोको मला लगाउनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढालाई र गाउँपालिकाका अध्यक्ष नरसिंह रोकाया रहेका छन् । 

राज्य कोषको लाखौँ रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेको देखेर सर्वसाधारण चकित परेका थिए । 

एउटा स्थानीय पालिकाको भवन उद्घाटन गर्न यसरी राज्य कोषको मोटो रकम खर्च गरेर पुग्नु अनुचित हुने प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्