काँग्रेस सभापतिमा उम्मेद्वारी दिने प्रकाशमान सिंहको घोषणा


काठमाडौँ, १० असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१७ ले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले उक्त घोषणा गरेका हुन् । 

नेता सिंहले नेताहरूले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिनु नुहने बताए । यदियसो गरिए नेपाली काँग्रेसको हालत प्रजा परिषद्को जस्तै हुने चेतावनी समेत दिए ।उनले सिङ्गो पार्टी पङ्क्तिलाई संस्थागत ढङ्गले अघि बढाउन पनि आफूले उमेद्वारी दिएको बताए ।

नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको र आफूले पार्टीलाई व्यवस्थित गर्न उमेद्वारी दिएको बताए । 

प्रतिक्रिया दिनुहोस्