सीमा विवाद अध्ययन समितिले सरकारलाई बुझायो प्रतिवेदन


काठमाडौँ, १० असोज । चीनसँगको सीमा विवाद बारे अध्ययन गर्न बनेको समितिले आज सरकारलाई प्रतिवेदन बुझाएको छ । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल–चीनबीच रहेको सीमा समस्या अध्ययन गर्न गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।     

मन्त्रिपरिषद् बैठकले भदौ १६ गते सीमा अध्ययनका लागि समिति बनाएको थियो । सरकारले गठन गरेको अध्ययन टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।                                          

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चिनसँग कुनै विवाद नरहेको बताउँदै आएको छ ।            

प्रतिक्रिया दिनुहोस्