मृत अवस्थामा भेटिएकी ताप्लेजुङकी युवतीको हत्या आरोपमा एक जना युवा पक्राउ


ताप्लेजुङ, १० असोज । ताप्लेजुङमा मृत अवस्थामा फेला परेकी युवतीको हत्या अभियोगमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की रहेका छन् । मृतक पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शङ्का गरेर किटानी जाहेरी दिएका थिए ।                             

प्रहरीले युवतीको हत्या भएको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका युवकले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका–६ बिहीबारेकी १८ वर्षीय युवती पुष्पा तबेबुङ शुक्रवार मृत अवस्थामा फेला परेकी थिइन् ।                                     उनीहरूबिच प्रेम सम्बन्ध रहेको, सँगै मर्ने भन्दै युवतीलाई फकाएर कार्कीले फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पु¥याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएको प्रहरीले जनाएको छ । युवती सदरमुकाम फुङलिङ बजारमा आफन्तकहाँ बस्दै आएकी थिइन् ।

कार्कीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्