सोमवारदेखि दसैँलक्षित टिकट बुकिङ सुरु हुँदै 


काठमाडौँ, ११ असोज । सरकारले आजदेखि काठमाडौँ उपत्यकाबाट दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । आइतबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसपालिको टिकट अनलाइन माध्यमबाट बुकिङ गर्न सकिन यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भिडभाडलाई मध्यनजर गरेर अनलाइन बुकिङको व्यवस्था गरिएको बताएका छन् ।

उनले यसपालि टिकट बुकिङ गर्न काउन्टर नै आइरहनु नपर्ने मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिने बताएका छन् । 

विचौलियालाको कारणले टिकटदर महँगो पर्ने सन्दर्भलाई मध्यनजर गरेर व्यवस्था विभागले सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्