संयुक्त सरकार बनाएर जनमत सङ्ग्रहमा जानु पर्ने विप्लव समूहको माग


काठमाडौँ, ११ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त सरकार बनाएर जनमत सङ्ग्रहमा जानु पर्नेमा जोड दिएको छ । पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । 

तनहुँको बन्दिपुरमा असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी संसदीय चुनावमा भाग नलिने भएको छ । अहिलेकै अवस्थामा पार्टी निर्वाचनमा भाग नलिने । प्रगतिशील संयुक्त सरकार बनाएर जनमत सङ्ग्रहमा जाने निर्णय गरेको पार्टीले जनाएको हो ।

पार्टीले गरेका यी निर्णयलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने नेताहरूले बताएका छन् । दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत सङ्ग्रहमा जाने विषयलाई देशैभर बहसको रूपमा लगेर माहोल बनाइने नेकपाको तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्