संसदमा दर्ता भएको प्रतिस्थापन विधेयक फिर्ता लिन एमालेको माग


काठमाडौँ, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारसँग आर्थिक प्रतिस्थापन विधेयक फिर्ता लिन माग गरेको छ । संसदमा प्रतिपक्ष दलका महत्त्वपूर्ण कुरा उठाइरहेको बेला सरकारले आर्थिक विधेयक ल्याउने काम गरेकोले फिर्ता गर्न माग गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सरकारले एमालेको विरोधका बाबजुद पनि विधेयक ल्याएकोमा आफूहरूको त्यसमा सहमति नभएको बताएका छन् । 

नेता भट्टराई प्रतिस्थापन विधेयकका कारण अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्न सक्नेसमेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्