ओलीको प्रतिवेदनमा घनश्याम भुसालले राखे तीन बुँदे फरक मत


काठमाडौँ, ११ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले ओलीको संसद् विगठनको प्रस्ताव गलत भएको भन्दै फरक मत राखेका छन् । भुसालले आइतबार केन्द्रीय कमिटी बैठकमा आफ्ना फरक मतका रूपमा तीन बुँदे प्रस्ताव राखेका हुन् । 

उनको एउटा प्रस्ताव अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेको कदमलाई असंवैधानिक थियो भन्ने रहेको छ । उनको फरक मतमा संसद् विघटनलाई संविधान विपरीत भनेर निर्णय गरौँ भनिएको छ ।  यो प्रस्तावमा साझा निर्णय गर्नु पर्ने, यदि यसो भएमा अन्य विषयमा पनि अघि बढ्न सहज हुने जिकिर गरेका छन् । 

तर पार्टी अध्यक्ष ओलीले भने संविधान विगठनको निर्णय ठिक रहेको बताउँदै आएका छन् । उनको आइतबारको बैठकमा पनि उक्त कदम सही रहेको बताएका थिए । उनले यसो भने पछि भुषालको यस्तो फरक मत आएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्