अध्यादेशको खारेजी तथा मन्त्रिमण्डल विस्तारको बारेमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ, ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेशका विषयमा निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठकले निर्णय लिने बताइएको छ । 

सत्ता गठबन्धनका शीर्ष नेताबिचको सहमतिअनुसार सोमबार ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।आजै अध्यादेश खारेजको सिफारिस राष्ट्रपति समक्ष पेस गर्ने तयारी भएको बुझिएको छ । सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

संसद्को अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने प्रावधान रहेको छ । सरकार अध्यादेश खारेजीसँगै मन्त्रिपरिषदको विस्तार गर्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्