पूर्व मन्त्री सुब्बाद्वारा भेडेटारस्थित पाथीभरा मन्दिरको प्रवेशद्वार उद्घाटन


भेडेटार, १२ असोज । भेडेटारस्थित धार्मिक एवम् पर्यटकीय स्थल पाथीभरा भगवती मन्दिरको प्रवेशद्वारको समुद्घाटन गरिएको छ । पूर्व मन्त्री रामकुमार सुब्बाद्वारा उक्त धार्मिक एवम् पर्यटकीय स्थल पाथीभरा भगवती मन्दिरको प्रवेशद्वारको समुद्घाटन गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री सुब्बाले प्रवेशद्वारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेडे टारमा अवस्थित पाथिभारा भगवती मन्दिरले धार्मिक एवम् पर्यटकीय क्षेत्रमा निकै ठूलो टेवा पुग्ने आसा व्यक्त गरेका थिए । 

उक्त प्रवेशद्वार स्वर्गीय अम्बर बहादुर मादनेको स्मृतिमा निर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्