१० बुँदे कार्यान्वयनका लागि रावलको संयोजकत्वमा ७ सदस्सीय समिति गठन


काठमाडौँ, १२ असोज । नेकपा एमालेले १० बुँदे समझदारीको कार्यान्वयनको जिम्मेवारी नेता भीम रावललाई दिइएको छ । १० बुँदे सहमति कार्यान्वयन सहजीकरणका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदलको निर्माण गरिएको छ । 

सोमबार बसेको स्थायी कमिटी बैठकले रावललाई १० बुँदे समझदारीको कार्यान्वयनको जिम्मा नेता भीम रावललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० बुँदे कार्यान्वयनमा नेतृत्वले अनिच्छा जनाएको भन्दै नेता रावलले पटक पटक असहमति जनाउँदै आएको थिए । नेकपा एमालेको विधानअधिवेसनमासमेत १० बुँदे सहमतिको कार्यान्वयनको बारेका कुरो उठेको थियो । रावलले १० बुँदे सहमतिलाई मुख्य एजेण्डा नै बनाउनु पर्छ भनेर प्रस्ताव राखेका थिए । तर पार्टी अध्यक्ष ओलीले यसको निर्णय स्थायी कमिटीको बैठकमा गर्ने बताएका थिए । रावलेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल र लेखराज भट्ट छन् । 

प्रतिक्रिया दिनुहोस्