एमालेको प्रदेश कमिटिमा बेलबारी र सुन्दरहरैँचाबाट मात्र डेढ दर्जन सदस्य मनोनीत


बेलबारी, १३ असोज । नेकपा (एमाले)को १ नं प्रदेश कमिटीमा बेलबारी र सुन्दरहरैँचाबाट मात्र झण्डै डेढ दर्जन जति सदस्य मनोनीतमा परेका छन् । देवराज घिमिरेको संयोजकत्वमा बनेको एमालेको १ नं प्रदेश कमिटीमा मोरङको बेलबारी नगरपालिकाबाट मात्र पाँच जना सदस्य मनोनीतमा परेका हुन् ।                                

बेलबारीबाट नेकपा एमालेको प्रदेश कमिटीमा मनोनीत हुनेहरूमा ज्ञानेन्द्र सुवेदी, दिलप्रसाद राई (डिपी राई), प्रताप थापा, नन्दराज गिरी र प्रकाश राई रहेका छन् ।  मनोनीत पाँचै जना यसअघि जिल्ला कमिटिमा सदस्य रहेका थिए ।                                                 

त्यस्तै सुन्दरहरैँचा नगरपालिकाबाट नेकपा एमालेको १ नं प्रदेश कमिटीमा राजकुमार ओझासहित १० जना मनोनीत भएका छन् । मनोनीत हुने अन्य सदस्यहरूमा धना तामाङ, सुरेन्द्रबहादुर थापा, केदार गुरागाईँ, पितकुमार श्रेष्ठ, अर्जुन अधिकारी, ज्ञानेन्द्र ओझा, अजम्बर राई, ईशान राई र मोहन न्यौपाने रहेका छन् ।                                       

मनोनीत हुनेमध्ये राजकुमार ओझा प्रदेश सांसद हुन् भने ज्ञानेन्द्र सुवेदी र धना तामाङ क्रमशः ः बेलबार नगरपालिकाका प्रमुख र सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख हुन् 

प्रतिक्रिया दिनुहोस्