घुस लिने एक ओभरसियर पाँच लाखसहित पक्राउ


काठमाडौँ, १५ असोज । सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिने एक ओभरसियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौँ टोखाका ओभरसियर प्रशान्त चौधरीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

कोइरालाका अनुसार टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण – पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट खटेको अख्तियारको कार्यालय परिसरबाटै उनलाई मङ्गलवार नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्