विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै


काठमाडौँ, १३ असोज । विरोध खतिवडाको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने भएको छ । अध्यादेश खारेज भएसँगै सांसद खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने टुङ्गो लागेको हो । 

एकीकृत समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको भए पनि गठबन्धनमा भागबण्डा मिलाउनु पर्दा उसको भागमा एक राज्यमन्त्रीसहित ६ मन्त्री परेको  बताइएको छ ।

पार्टी अध्यक्ष नेपालले गठबन्धन सरकारमा खतिवडाका अतिरिक्त मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम उपलब्ध गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्