सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा


काठमाडौँ, १३ असोज । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको छ । अन्तिम सुनुवाइका लागि बुधवार पेसी तोकिएको मुद्दा सुनुवाइ नै सुरु नगरी ‘हेर्न नमिल्ने’ राख्ने आदेश भएको हो ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध लामो समयदेखि विचाराधीन मुद्दा पटक पटक पेसीमा चढ्दै सुनुवाइ सर्दै आएको छ । 

अर्जुन लामाको अपहरणपछि हत्याको अभियोगमा सभामुख सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायतले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्