प्रदेश–२ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने


धनुषा, १३ असोज । प्रदेश–२ मा मुख्यमन्त्री लालबाबु राउतले यही २० गते विश्वासको मत लिने भएका छन् । असोज २० को लागि आह्वान गरिएको प्रदेशसभाको अधिवेशनमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएका हुन् ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएकोले मुख्यमन्त्री राउतले विश्वासको मत लिनु पर्ने भएको हो । 

प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम रहेको बताउँछन् ।  जसपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन रहेका राउतलाई नेकपा एकीकृत समाजवादीलेसमेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने भए पनि उनले विश्वासको मत पाउने पक्का छ । 

प्रतिक्रिया दिनुहोस्