भ्रष्टाचारको आशङ्कामा २ नं प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा छापा


काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । भ्रष्टाचारको आशङ्कामा आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधवार दिउँसो २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारको हो । 

मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूमा अत्याधिक भ्रष्टाचार भएका समाचारहरू सार्वजनिक भए पछि कार्यालयमा छापा मारेर अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐन विपरीत साइकल खरिद गरेको तथ्य सार्वजनिक भएपछि अख्तियारले छानबिनको लागि छापा मारेको हो । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्