स्वास्थ्यमा गडबडी आए पछि माधव नेपाल अस्पताल भर्ना


काठमाडौँ, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिरामी परेर अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधवार उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले ज्वरो र खोकीको समस्याका कारण बुधवार शिक्षण अस्पताल महाराजगन्जमा अध्यक्ष नेपाल भर्ना भएको बताएका छन् । 

गौतमले नेपालको स्वास्थ्य अवस्था बारेमा जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको बताएका छन् ।

नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको पनि गौतमले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्