” व्यक्तिले गल्ती गरे, दोष पार्टीले बोक्दैन “: सञ्चारमन्त्री बास्कोटा


काभ्रे, १६ असोज । अहिले सम्म मैन रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहारको घटनाबारे बोल्दै व्यक्तिले गल्ती गरेको दोष पार्टीले नबोक्ने बताएका छन् ।

महराको नाम उच्चारण नगरी उनले व्यक्तिको गल्तीहरू पार्टीमा ल्याएर जोड्न नहुने स्पष्ट पारेका हुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारका प्रवक्ता रहेका मन्त्री बास्कोटाले गल्ती गर्नेले नै कारबाही बेहोर्नु पर्ने बताएका हुन् ।

सो कार्यक्रममा उनले व्यक्तिले भ्रष्टाचार गर्दा पार्टीले दोषी नहुने उदाहरण दिँदै, गल्ती गर्नेलाई नै कारबाही हुनुपर्ने बताए । व्यक्तिको नाम नलिईकन उनले भने, ‘कहिलेकाहीँ गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलबाड गर्ला, त्यो उही जिम्मेवार हो नि ।’ कम्युनिस्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएकोले चिन्तित र तरङ्गित नहुन मन्त्री बास्कोटाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्