एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदै


काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधा अधिवेशन आज (शुक्रवार)बाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने विधान महाधिवेशनको समापन आइतवार हुने र जसका लागि प्रतिनिधिहरू हिँजैदेखि काठमाडौँ भित्रिसकेको नेकपा एमालेले जनाएको छ । 

महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले अधिकांश प्रतिनिधि बिहिवार नै आइसकेको र बाँकी शुक्रवार बिहानसम्ममा आइसक्ने बताएका छन् । अधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । दिउसो १२ः१५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नेकपा एमालेको यो विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने बताइएको छ । अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्