जेफालेका सफल उद्यमी नारायणप्रसाद राईको मृत्यु


केराबारी, १५ असोज । मोरङको केराबारीका सफल उद्यमी नारायण राईको मृत्यु भएको छ । केराबारी गाउँपालिका २, सिंहदेवी जेफालेका राईको बिहिवार मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ । 

राई जेफालेका एक सफल व्यवसायी रूपमा परिचित थिए । उनी जेफालेस्थित मातृभूमि चिया उत्पादन प्रशोधन प्रा.लि.का सञ्चालक समेत हुन् । जिल्लामै पहिलो पटक अर्ग्यानिक चिया उत्पादन देखि उजाड पाखालाई हरियालाीमा परिणत गर्दै एउटा परिचय स्थापित गराउन सफल राईको निधनले अपूरणीय क्षति पुगेको छ । 

राईको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्