झुपडीमा गएर जनतालाई भरोसा दिलाउने नेतृत्वको आवश्यकता रहेको काँग्रेस नेता थापाको भनाइ


काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले झुपडीमा गएर जनतालाई भरोसा दिलाउने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका काँग्रेस युवा नेता थापाले आज काठमाडौँ नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरूको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ 

काँग्रेसमा रहेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ रहेको छ । अब आउने निर्वाचनमा काँग्रेसले कसैसँग पनि गठबन्धन नगरी एक्लै लड्नु पर्ने उनको जोड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्