नेपाली काँग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी


बेलबारी, १६ असोज । नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज सम्पन्न निर्वाचनमा १३६ मतले नगर सभापतिमा विजयी भएका हुन् । 

लिम्बूसँग प्रतिस्पर्धामा रहेका निवर्तमान नगर सभापति शम्भु भट्टराईले ९४ मत प्राप्त गरेका छन् । त्यसै गरी उपसभापतिमा नीतु थापा कोइराला र उपेन्द्र सुवेदी विजयी भएका छन् । उप सभापतिमा विजयी भएकी नीतुले सर्वाधिक मत प्राप्त गर्न सफल भइन् । 

उपसभापतिका पदकै अर्का विजयी उपेन्द्रले १२१ मत प्राप्त गर्दा उनले १५३ प्राप्त गरेकी थिइन् । नेपाली काँग्रेसको नगर सचिवमा जनक पोखरेल र सन्तोष भट्टराई विजयी भएका छन् । त्यसै गरी सह–सचिवमा विशाल ढकाल र बद्री विष्ट विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा सभापति, दुई जना उपसभापति र दुई जना सचिव गरी ३ पदका लागि ७ जनाको लागि मात्र निर्वाचन भएको थियो । नव निर्वाचित नगर सभापति लिम्बू कोइराला पक्षीय नेता मानिन्छन् ।

निर्वाचित तीन पदका सात जनामध्ये सभापतिसहित चार जना कोइराला पक्षीय विजयी र एक जना उपसभापति तीन जना देउवा पक्षीय निर्वाचित भएका छन् । २ सय ३७ मत भएको बेलबारीमा २ सय ३५ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्