एमालेमा पदाधिकारीको सङ्ख्या बढाउन माग


काठमाडौँ, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन प्रतिनिधिले पदाधिकारीको सङ्ख्या बढाउन माग गरेका छन् । ललितपुरमा जारी एमालेको विधान अधिवेशनमा यस्तो प्रस्ताव गरिएको हो । 

शुक्रवारदेखि सुरु भएको अधिवेशनको आज भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको समूहगत छलफलमा पदाधिकारी सङ्ख्या बढाउनु पर्ने माग उठेको हो । 

उनीहरूले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष राख्नु पर्ने, सचिवको सङ्ख्या बढाएर सात बनाउनु पर्ने, उपमहासचिव कायमै राख्नुपर्ने लगायतका सुझाव दिएका छन् । उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामा महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव गरिएको छ । 

दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिव तथा २१२ जना केन्द्रीय सदस्यसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्न प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्