नेपाली काँग्रेसको सुन्दरहरैँचा नगर सभापतिमा भक्तिप्रसाद सिटौला विजयी


सुन्दरहरैँचा, १७ असोज । नेपाली काँग्रेसको सुन्दरहरैँचा नगर सभापतिमा भक्तिप्रसाद सिटौला भएका छन् । प्रतिस्पर्धी महेन्द्र धिमाललाई १ सय २ मतको अन्तरले हराउँदै सिटौला विजयी भएका हुन् ।

सभापतिका अर्का उमेद्वार धिमालले ६७ मत प्राप्त गर्दा सिटौलाले १ सय ६९ मत ल्याएका थिए । सिटौला कोइराला पक्षीय र धिमाल देउवा पक्षीय नेता मानिन्छन् । नगर उपसभापतिमा रञ्जित  कार्की र  शिवनारायण चौधरी विजयी भएका छन् । कार्कीले १ सय ४८ र चौधरीले १ सय ५२ मत प्राप्त गरेका थिए । 

सचिव पदमा होमनाथ पोखरेल तथा  दिलीप थापा विजयी भएका छन् । पोखरेलले  १ सय ६८ र थापाले १ सय ३३ मत प्राप्त गरेका छन् ।  सहसचिवमा टेकराज तिम्सिना र होमनाथ थापा (मिराज) सर्वसम्मत निर्वाचित भएका छन् । सुन्दरहरैंचामा सहसचिवमा एक जना बाहेक अन्य सबै पदमा कोइराला पक्षले जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्