माओवादी केन्द्र बेलबारीमा तिलक राई सुन्दरहरैँचामा नवराज चापागाईँ


बेलबारी, १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बेलबारी नगर इन्चार्जमा तिलक राई चयन भएका छन् ।  १ नम्बर प्रदेश समितिको हालै बसेको बैठकले राईलाई इन्चार्ज तोकेको हो ।                           

साथै १ नं प्रदेश समितिको बैठकले सुन्दरहरैँचा नगरपालिकाको इन्चार्जमा नवराज चापागाईँलाई तोकेको छ । राई र चापागाईँ सो क्षेत्रका लोकप्रिय नेताका रूपमा चिनिन्छन् । राई नेपाल आदिवासी जनजाति महासङ्घका नगर समन्वय समिति बेलबारीका अध्यक्ष हुन् भने चापागाईँ सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन्  ।                                                  

साथै माओवादीको बेलबारीको नगर सह इन्चार्जमा टेकबहादुर विष्ट र अशोक दाहाल नियुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्