१८ वर्षमुनिका बालबालिकालाई दशैं लगत्तै खोप उपलब्ध गराइने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाइ


काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।आइतवार कान्ति बाल अस्पताललाई बुद्धिस्ट चु जी च्यारिटी फाउण्डेसनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले उक्त बुरा बताएका हुन् । 

राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।राज्यमन्त्री श्रेष्ठले भने, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैंको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । क्रमिक रूपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहन्छु ।’

मन्त्री श्रेष्ठले सरकार जनताको स्वास्थ्यमा बढी सचेत भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्