प्रतिबन्धित औषधिसहित उर्लाबारीमा तीन जना युवा पक्राउ


उर्लाबारी, १८ असोज । प्रहरीले प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ वर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिवकुमार कार्की रहेको प्रहरीले बताएको छ । 

आइतवार बेलुका इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधि Tramadol- ४१७ क्याप्सुल र र Spaspain–४१७ क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरेका जनाएको छ ।  उनीहरूलाई प्रहरीले उर्लाबारी नगरपालिका ५ स्कुल डाँडा स्थितबाट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।पक्राउ परेका तिनै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्