श्रीमतीलाई हिंसा गरेको आरोपमा विराटनगरमा श्रीमान् पक्राउ


विराटनगर, १८ असोज । श्रीमतीलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले विराटनगरबाट श्रीमानलाई पक्राउ गरेको छ । श्रीमतीलाई कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी रानीले विराटनगर–१७ का ३८ वर्षीय मौसम कोइराला पक्राउ गरेको हो । 

आफ्नै २४ वर्षीय श्रीमती कन्चन अधिकारीलाई कुटपिट तथा हिंसा गरेको आरोपमा कोइरालालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बुहारीमाथिको हिंसामा संलग्न आरोप लागेका ६४ बर्षिय सासु, ४० बर्षीय आमाजू दिदीलाई भने छलफलपछि प्रहरीले छोडेको छ ।      पक्राउ परेका मौसम नेपाल बिद्युत प्राधिकरण रानीका कर्मचारी हुन् । विराटनगर–३ मा माइती घर भएकी अधिकारीका आफन्तेसमेत कन्चनमाथि अन्याय भइरहेको भन्दै रानीस्थित घरमै पुगेर कारबाहीको माग गरेका थिए । 

त्यस क्रममा पीडितले दिएको जाहेरीका आधारमा कन्चनका श्रीमान् मौसमलाई तीन वर्ष अघि मौसम र कन्चनबिच मागी विवाह भएको थियो । विवाह भएको आठ महिना पछाडिदेखि कन्चनलाई श्रीमान् सहितको संलग्नतामा शारीरिक तथा मानसिक यातना दिदैं आएको माइती पक्षको आरोप लाएका छन् । पीडित कन्चनलेसमेत आफूलाई चरम यातना दिएको बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्