‘तीन बुँदे सहमति कार्यान्वयन नभए जटिल परिस्थित सिर्जना हुन सक्छ’ : प्रकाण्ड


काठमाडौँ, १८ असोज । नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए जटिल परिस्थित सिर्जना हुन सक्ने बताएका छन् । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले पठाएको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उक्त कुरा बताएका हुन् । 

प्रवक्ता प्रकाण्डले विशेष कार्यदल गठन गरेर सहमति कार्यान्वयन गर्न माग गरेका छन् । उनले तीन बुँदे कार्यान्वयनका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि माग पूरा नभएपछि पार्टीले पुनः सरकारको ध्यानाकर्षण गराउनु परेको बताएका छन् । 

अघिल्लो सरकारको पालामा भएको तीन बुँदे सहमति पत्रका बन्दीको रिहाइ र मुद्दा खारेजी हुनुपर्ने उल्लेख भए पनि ढिलासुस्ती भएको विप्लव समूहको गुनासो रहेको छ । 

प्रतिक्रिया दिनुहोस्