२९ जना प्रतिस्पर्धीलाई पछि पार्दै भोजपुरकी प्रशिकाले पहिरिन् मिस कोशीको ताज


विराटनगर, १८ असोज । मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् । इटहरीमा सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जित्न सफल भइन् । 

प्रतियोगिताको आयोजना जय मिडिया म्यानेजमेन्ट प्रालिले गरेको थियो । उनले उपाधिसँगै स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । प्रतियोगिताको अर्गनाइजेसन च्वाइस विजेतामा झापाको चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् भन प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङको बेलबारीकी प्रतीक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित भएका छन् ।

प्रतियोगितामा मिस ट्यालेन्ड, मिस डिसिपिलेन, मिस फोटोजेनिक, मिस फ्रेण्डसिप, मिस क्याटवक, मिस ब्युटी विद ब्रेन, मिस पब्लिक च्वाइसको उपाधि क्रमश :  आयुषा आचार्य, पूर्णिमा देवी घिमिरे, आकृति गिरी, एन्जिला पन्त, रीजा तामाङ, आयुषा आचार्य, पेरिशा बुढाथोकीले जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्