एमाले विचारविहीन पार्टीमा परिणत भएको माओवादी अध्यक्ष प्रचण्डको आरोप


काठमाडौँ, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले विचारविहीन पार्टीको संज्ञा दिएका छन् । सोमबार नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले उक्त आरोप लाएका हुन् । 

पूर्व प्रधान मन्त्रीसमेत रहेका प्रचण्डले भने ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ ।’ साथै प्रचण्डले मदन भण्डारीको ठाउँमा केपी ओलीले आफूलाई राख्न गरेको पनि आरोप लाए । एमालेका दोस्रो तहका नेताहरूतर्फ लक्षित गर्दै प्रचण्डले भने ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने ग¥या छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’  

साथै प्रचण्डले नेकपा माओवादीलेसमेत पछिल्लो समय सही बाटो समात्न नसकेको स्वीकार गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्