बेलबारीका निरौलाको मृत्युले लालभित्ति शोकमग्न


बेलबारी । बिहीबार दुर्घटनामा गम्भीर घाइते भएका बेलबारी २ मा अवस्थित शिक्षा सन्देश इङ्लिस ई स्कुलका एक विद्यार्थीको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका सन्देश स्कुलका योगेश निरौलाको मृत्यु भएको हो ।

निरौलाले चलाएको को ३५ प १४२२ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाइक र विपरीत दिशाबाट आउँदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहीबार मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा आपसमा ठोक्किँदा उनी र जिप चालक घम्भिर घाइते भएका थियो ।

दुवैलाई उपचारको लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो । तर शुक्रवार निरौलाको मृत्यु भएको छ । मृतक योगेश स्थानीय शिक्षा सन्देश इङ्लिस ई स्कुलमा कक्षा १२ मा अध्ययनरत थिए । मृतक निरौलाको धार्मिक परम्परा अनुसार शुक्रवार नै दाह संस्कार गरिएको छ । निरौलाको मृत्युले उनको परिवार सहित पुरै लालभित्ती शोकमा डुबेको छ ।

https://youtu.be/OrlFl7-_xDw?t=2

प्रतिक्रिया दिनुहोस्