पदीय जिम्मेवारी पूरा गर्ने कुराबाट आफू विचलित नभएको सभामुख सापकोटाको प्रस्टोक्ति


काठमाडौँ, १९ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीबाट कहिल्यै पनि बाहिर नगएको बताएका छन् । सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई सङ्घीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताएका छन् ।

उनले दर्शन शास्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत राखेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाको यस्तो प्रतिक्रिया आएको हो । 

प्रतिक्रिया दिनुहोस्